गोविन्दराज जोशी र नवराज सिलवाल सहित ९ जनाविरुद्ध आयोगमा उजुरी

गोविन्दराज जोशी र नवराज सिलवाल सहित ९ जनाविरुद्ध आयोगमा उजुरी

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १८ कार्तिक ।
निर्वाचन आयोगले आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहिबार मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामवली आज सार्वजनिक गर्दै छ ।

त्यसअघि आयोगले उमेदवारमाथि दर्ता भएको उजुरीका सम्बन्धमा जाँचबुझ गर्नेछ । निर्वाचन आयोगले मनोनयन दर्ता गरेका मध्ये ९ जना उम्मेदवारबिरुद्ध परेको उजुरीसम्बन्धमा छानविन जारी राखेको छ । छानविनपछि आयोगले आजै उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

तनहुं क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टचार मुद्दा किनारा नलागेको भन्दै उहाँविरुद्ध उजुरी परेको छ।

उहाँको उम्मेदवारी कायम हुने नहुनेबारे तनहुँको मुख्य निर्वाचन कार्यालयले निर्णय गर्नेछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुं १ बाट जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यस्तै वामगठन्धनबाट ललितपुर १ मा उम्मेदवारी दिएका पूर्व डिआइजी नवराज सिलवालविरुद्ध पनि उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यस्तै, भोजेन्द्र ठाकुर लोहार रौतहट, दिलिपकुमार साह सिराहा, टिकाराम पगेनी कास्की, ऋृषिराम पौडेल नवलपरासी पश्चिम, राजकुमार राय सर्लाही, नसरुल मियाँ मोरङ र देवकर्ण पौडेल सुनसरी विरुद्ध समेत बिभिन्न आरोपसहित उजुरी परेका छन् ।

हिजो दर्ता भएका उजुरीउपर आज जाँजबुझ गरी आयोगले उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले भोली दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका चार हजार ७ सय ८ जनाको उम्मेदवारी परको छ । प्रतिनिधि सभातर्फ १ हजार ७ सय ४२ र प्रदेश सभातर्फ २ हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुदैछ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुदैछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ