नवीकरणीय ऊर्जाबाट गरिबी निवारण र वातावरण संरक्षण गरिने

नवीकरणीय ऊर्जाबाट गरिबी निवारण र वातावरण संरक्षण गरिने

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

 

ललितपुर, १८ कात्तिक। 

जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले ग्रामीण जनतामा स्वच्छ ऊर्जाको पहुँच विस्तार गरी विपन्न समुदायको जीवनस्तर उठाउन र वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार गर्नु पर्नेमा जोड दिनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा आज केन्द्रको हाताभित्र जैविक फोहर प्रयोग गरी सञ्चालन गरिएको बायोग्यास चुलो बालेर उद्घाटन गर्दै उहाँले नेपालले वातावरणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुमा हस्ताक्षर गरी पक्ष राष्ट्र बनेको र त्यसबापत अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संघीय संरचनाअनुसार केन्द्रलाई संघ, प्रदेश र स्थानीयस्तरमा विस्तार गर्न नवीकरणीय ऊर्जा नीति र ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले १६ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको र आगामी दिनमा यसलाई मुख्य ऊर्जा स्रोतका रुपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा नेपालमा नवीकरणीय ऊर्जाको कार्यक्रम सफल ढंगबाट सञ्चालन भएको र यसले मुलुकको समृद्धिमा ठूलो टेवा पु¥याउन सक्ने बताउनुभयो ।

मञ्चु स्मृति अक्षयकोषका संयोजक तुमिलकुमार श्रेष्ठले सवारी दुर्घटनामा परी मृत्यु भएका छोराको स्मरणमा रु २५ हजार राशिको ‘सुप्रवित स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ स्थापना गरिएको जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ