काठमाडौ १८ कार्तिक ।
प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई हिजो साँझ पक्राउ गरेको जनाइएको छ ।
प्रहरलिे पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन । कास्की प्रहरी स्रोतका अनुसार भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको हो ।
पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरीको दाबी छ ।
भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।
उनीहरुलाई पोखरा छिरेको सुचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।