‘हाई अलर्ट’ मा सुरक्षा निकाय !

‘हाई अलर्ट’ मा सुरक्षा निकाय !

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 25.7K
    SHARES

काठमाण्डौ , १८ कार्तिक ।प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको छ ।

प्रहरीले सातै प्रदेशका एआईजीलाई यस सम्बन्धमा अलर्ट गराइसकेको छ भने त्यस मातहतका सबै जिल्लाका प्रहरी प्रमुखलाई सशस्त्र प्रहरी तथा नेपाली सेनासँग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सकिएलगत्तै निर्वाचनमा खटिने उम्मेदवारको सुरक्षा, दुई पक्षीय झडप हुन नदिने  जस्ता विषयलाई ध्यान दिन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले जनशक्तिको करिब ९० प्रतिशत चुनावी सुरक्षाका लागि खटिएको जनाएको छ । ‘निर्वाचन कार्यतालिका सार्वजनिक भएदेखि मतगणना सकिएर विजय सभासम्म नेपाल प्रहरी सुरक्षाका लागि खटिनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने । उनका अनुसार कार्यालय सुरक्षाबाहेक सबै जनशक्ति निर्वाचनमा खटिनेछन् ।

पहिलो चरणको निर्वाचन सुरक्षा दृष्टिकोणले सहज रहेको भनिए पनि हिमाली तथा पहाडी जिल्ला भएकाले मौसमले साथ नदिने विश्लेषणसहित थप मद्दतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिनेछ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवार तथा दलका कार्यकर्तालाई तर्साउन सक्ने भन्दै सो पार्टीविरुद्ध  ‘हाई अलर्ट’मा रहन निर्देशन दिइएको छ ।

विप्लवबाहेक निर्वाचनविरोधी अरू कुनै संगठन नभएको र योजना गरिएभन्दा धेरै सुरक्षाकर्मी खटिने भन्दै मद्दती फौज तैनाथ गरी मातहत निकायलाई भरपर्दो सूचना प्रवाह गर्न पनि निर्देशन दिएको छ । -राजधानी दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ