नेपाल कम्युनिष्ट पार्टीद्धारा कांग्रेस उम्मेदवारको घर कब्जा

नेपाल कम्युनिष्ट पार्टीद्धारा कांग्रेस उम्मेदवारको घर कब्जा

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भोजपुुर , १८ कार्तिक । नेपाल कम्यूनिष्ट पार्टीले भोजपुरमा नेपाली कांग्रेसका उम्मेदवारको घर कब्जा गरेको सूचना टाँसेको छ ।आसन्न प्रदेश सभा निर्वाचनका भोजपुर क्षेत्र ‘ख’बाट लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार गोविन्द कार्कीको घरमा शुक्रबार साँझ पाँच बजेतिर विज्ञप्ति निकालेर कब्जा गरेको घोषणा गरेको हो ।

पार्टीले कार्कीलाई चुनावबाट उम्मेदवारी फिर्ता गर्न गरेको आग्रहरलाई अस्वीकार गरेको भन्दै भोजपुर नगरपालिका १२, टक्सारस्थित कार्कीको घर कब्जा गरेको जनाएको छ । माओवादीले कार्कीलाई बारम्बार उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेको तर उनले वास्ता गरेकोले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । यता प्रदेश सभा निर्वाचनमा भोजपुर ९ख० उम्मेदवारी दिएका कार्कीलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।
कार्कीको घरमा झण्डा मात्र गाडेको र कब्जा बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए । घर कब्जाको बारेमा प्रहरीलाई कुनै विस्तृत जानकारी नभएको र झण्डा गाडीएको मात्र जानकारीमा आएको बताएको छ ।


पार्टीले द्वन्द्वकालीन समयमा तात्कालीन नेकपा माओवादीले कब्जा गरेपछि कार्की काठमाडौँ बस्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ