‘बालिका बलात्कारीलाई हदैसम्मको कारबाही होस्’:दलित नागरिक समाज

‘बालिका बलात्कारीलाई हदैसम्मको कारबाही होस्’:दलित नागरिक समाज

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

काठमाडौँ, १७ कात्तिक  ।

दलित नागरिक समाजका अगुवाले भोजपुर घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

अगुवाले आज प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख तथा एआइजी वमबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गरी संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

भोजपुर जिल्लाको आम्चोक गाउँपालिका–९ दुम्माना कि १४ वर्षीया बालिकालाई यही कात्तिक ११ गते सोही गाउँमा बस्ने सन्तोष श्रेष्ठ (वर्ष २२) ले बलात्कार गरी ज्यान मार्ने उद्देश्यले आँखा फुट्ने गरी यातना दिई गम्भीर घाइते बनाएका थिए ।

दलित नागरिक समाजमा आबद्ध दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली, नेपाल दलित महिला उत्थान संघका अध्यक्ष पम्फा परियार, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित कल्याण संघका अध्यक्ष मोतिलाल नेपाली, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष रामलखन हरिजन र समता फाउण्डेशनका अनुसन्धानकर्ता गोपाल वादीले ज्ञापनपत्र बुझाउनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ