लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : अर्थ राज्यमन्त्री राणा

लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : अर्थ राज्यमन्त्री राणा

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

ललितपुर, १७ कात्तिक । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले लोकतन्त्र स्थायित्वका लागि आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय हुनु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ द्वारा आज यहाँ आयोजित क्षेत्रीय प्रचारप्रसार समिति गठन प्रक्रियालाई सम्बोधन गर्दै उहाँले जुनसुकै मूल्यमा काँग्रेसको विजय हुन जरुरी रहेको बताउनुभयो ।
लोकतन्त्र स्थापनाको लागि संविधान निर्माण काँग्रेसको अग्रसरतामा भएको स्मरण गर्दै उहाँले अव देशको विकास पनि काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो ।
आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवारसमेत रहनुभएका राणाले वाम गठबन्धनले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई कुनै असर नपार्ने बताउनुभयो ।
विसं २०७० को दोस्रो संविधान सभाको चुनावमा काँग्रेसले प्राप्त गरेको मतलाई सुरक्षित रूपमा कायम राख्न सकेमा मात्र लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित रहेको बताउनुभयो ।
उक्त निर्वाचनमा काँग्रेसको पक्षमा सो क्षेत्रबाट १८ हजार ५०० मत प्राप्त गरेका थिए । सो क्षेत्रको १(क) मा काँग्रेसबाट ऋषिराम घिमिरे र १ (ख) मा मीनकृष्ण महर्जन उम्मेदवारी रहनुभएको छ ।
क्षेत्रीय सभापति राजनप्रसाद घिमिरेले चुनाव प्रचारप्रसारका लागि १०१ सदस्यीय मूल समारोह समिति निर्माण गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ