श्रीमतीकाे कुटार्इबाट श्रीमानकाे मृत्यु

श्रीमतीकाे कुटार्इबाट श्रीमानकाे मृत्यु

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

१७ कात्तिक,झापा ।झापाकाे दमकमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । श्रीमती ४८ वर्षीया सानुमाया दर्जी र श्रीमान ५५ वर्षीय विदुर नेपालीबीच भएको आपसी झगडामा श्रीमतीको प्रहारबाट विदुरको मृत्यु भएको हो ।

उनीहरुको बसोबास दमक नगरपालिका–९ शान्तिचोकमा पर्दछ । शुक्रबार बिहान आफ्नै घरमा श्रीमती दर्जीको कुटाइबाट विदुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दर्जी दम्तपत्तिबीच मादक पदार्थ सेवनपछि शुरु भएको घरझगडा कुटपिटसम्म पुगेको थियो । कुटपिटबाट नेपालीको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सधैंजसो झगडा गर्ने गर्थे । सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक बिदुरको शरीरमा कुटपिटबाट गहिरो निलडाम रहेको र तर धारिलो हतियार प्रयोग भएको नदेखिएको प्रहरीको अनुमान छ । बिदुरको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी