पत्रकार पंगेनी र जैसी चुनावी मैदानमा

पत्रकार पंगेनी र जैसी चुनावी मैदानमा

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१७ कात्तिक,काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नारायण पंगेनी र कार्यालय सदस्य लोकराज जैसी चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट महासंघका उपाध्यक्ष पंगेनी नवलपुर–२ र जैसी बर्दिया–२ बाट प्रतिनिधिसभा लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताको अपरिहार्यता छ भन्ने सन्देश बोकेर चुनावी मैदानमा उत्रेका क्रान्तिकारी पत्रकार पंगेनी र जैसीले चुनावी अभियान सुरु गरेका छन् । मोर्चाको चुनाव चिन्ह ‘मुठ्ठी’ मा भोट मागिरहेका छन् ।

राष्ट्रियता, जनतन्त्र-जनजिवीकाका सवालमा जनताबीच लैजाने र सत्ताको लागि चुनावी मैदानमा उत्रेका पार्टीका गलत कामबारे जनताबीच भण्डाफोर गर्न पंगेनी र जैसीलाई चुनावी मोर्चामा पठाएको महासंघका अध्यक्ष इन्द्र रावतले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ