अछाम, १७ कात्तिक ।
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मात्र मत प्राप्त गरेका कृष्णबहादुर खत्री प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनेका छन्। अछामको मेल्लेख गाउपालिकाको प्रमुख पदमा नेकपा क्रान्तिकारी माओवादीबाट उम्मेदवार बनेका खत्री आगामी निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन्।
गाउँपालिका अध्यक्षमा चुनाव लड्दा आफ्नो मात्र मत प्राप्त गरेका खत्रीलाई सो पार्टीले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनाएको छ। समर्थक र प्रस्तावक नपाएपछि खत्रीले मत जता दिए पनि समर्थक र प्रस्तावक बसिदिनुपर्यो भनेर गाउँकै एक महिला र पुरुष ल्याएको समर्थक र प्रस्तावक बताउछन् ।
अछाममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित २३ को उम्मेदवारी परेको छ। छ पदका लागि एक स्वतन्त्रसहित सात दलका २३ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।