नारायणमान बिजुक्छले लिए सन्यास , अब जीवनभर चुनाव नलड्ने

नारायणमान बिजुक्छले लिए सन्यास , अब जीवनभर चुनाव नलड्ने

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

भक्तपुर, १७ कात्तिक ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ ।यो घोषणा सँगै बिजुक्छेले अब चुनावी प्रक्रियाबाट भने सन्यास लिएका छन् ।
आज भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उहाँले भन्नुभयो–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”

उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भन्नुभयो–“म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हँु, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।” नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको बताउँदै अबको राजनीति यवा पुस्ताले सम्हाल्ने बताउनुभयो ।

बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ नि भन्ने प्रश्नको जवाफमा उहाँले असहमति व्यक्त गर्नुभयो । आफू नउठ्दैमा भोट घट्दैन भन्दै उहाँले भन्नुभयो–“व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।”

नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उहाँले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ