लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिबद्ध : राज्यमन्त्री गुरुङ

लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिबद्ध : राज्यमन्त्री गुरुङ

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

तेह्रथुम, १७ कात्तिक। 

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङमा प्रतिनिधि सभाकालागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गरेपछि आयोजित कोणसभामा उहाँले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिँचाइ र खानेपानी, विकास, युवा र महिलाका मुद्दा आफूले उठान गर्ने बताउनुभएको हो ।

समावेशी लोकतन्त्रको जगमा मात्रै विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गर्नुभयो ।
रज्यमन्त्री गेरुङ जिल्लाकै एक्ली महिला उम्मेदवार हुनुहुन्छ । उहाँको विरुद्ध वाम गठबन्धनबाट नेकपा एमालेका भवानीप्रसाद खापुङसहित अन्य जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ