शिक्षालाइ गुणस्तरीय र समयसापेक्ष बनाउने उदेश्य सहित (कोब्से)को ४६ औं सम्मेलन नेपालमा

शिक्षालाइ गुणस्तरीय र समयसापेक्ष बनाउने उदेश्य सहित (कोब्से)को ४६ औं सम्मेलन नेपालमा

मूल्यांकन प्रणालीमा सुधार आउन जरुरी छ । ः पुर्व राष्ट्रपति यादव

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

कार्तिक १७ , काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलनको बिहिवार काभ्रेको धुलिखेलमा पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् ।
परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष बनाउने उदेश्यले एकअर्को देशको अनुभव र योजना आदानप्रदान गर्न सम्मेलन रणनीतिक महत्वको रहने बताईएको छ ।

तीनदिनसम्म चल्ने सम्मेलनमा विश्वका ७ देशका ७० बढी परीक्षा बोर्डहरुको सहभागिता रहेको आयोजक राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
भुटान, नेपाल, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत, भारत र नेपालका परीक्षा बोर्ड गरी ७० बढी बोर्डका पदाधिकारी र परीक्षा विज्ञहरु सम्मेलनमा भेला भएका छन् ।
नेपालको तर्फबाट शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गणेशबहादुर सिंह र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. वासुदेव काफ्लेले कार्यपत्र प्रस्तुत गर्ने बोर्डले जनाएको छ । प्रतिनिधि र पर्यवेक्षक गरी सयाैं बिज्ञले सम्मेलनमा भाग लिएको जानकारी गराईएको छ ।


पूर्वराष्ट्रपति रामवरण यादवले मूल्यांकन प्रणालीमा सुधार भएमात्रै शिक्षाको गुणस्तरमा सुधार आउने बताउनुका साथै शिक्षाको गुणस्तरमा सुधार आए मुलुक समृद्ध हुनेमा उनको जोड थियो ।
शिक्षा सचिव मधुरमण रेग्मीले परीक्षा मूल्यांकन प्रणलीलाई नवीन, नयाँ प्रविधियुक्त, समयसापेक्ष र प्रभावकारी बनाउन जरुरी रहेको बताए । यसका लागि सम्मेलन उपयोगी हुनेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

कार्यक्रममा कोव्सेका अध्यक्ष असानो सेकहोसेनले आजको दिनमा परीक्षा प्रणालीमा प्रविधि, सामाग्री, परीक्षा विधिमा समय सापेक्ष सुधार आवश्यक रहेको बताइन् । कोव्सेको यस सम्मेलनमा परीक्षालाई कसरी समयसमपेक्ष, अनुशासित, निष्पक्ष, मर्यादित र वैज्ञानिक बनाउन सकिन्छ र संसारमा कस्ता अभ्यासहरु भएका छन् त्यसबारेमा छलफल अन्तक्रिया हुनेछ । उनले भनिन्– यसबाट नेपालले परीक्षा प्रणालीमा सुधारका लागि धेरै कुरा सिक्न पाउनेछ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हालको परीक्षा मूल्यांकन प्रणालीको व्यवहारिकता, निष्पक्षता र व्यवस्थापकिय समयसापेक्ष सुधारका बारेमा सम्मेलनमा छलफल हुने साथै अन्य मुलुकमा भएका मूल्यांकन प्रणाली सम्बन्धी राम्रा अभ्यासहरुको सिको गर्न पाइने भएकाले सम्मेलन नेपालका लागि फलदायी हुने आशा व्यक्त गरे ।

पहिले उमाशिप रहेकोमा अहिले राष्ट्रिय परीक्षा बोर्ड बनेकाले विदेशमा विद्यार्थीहरु समस्यामा पर्ने गरेको छ । उनले भने– सम्मेलनबाट विश्व समुदायमा बोर्डलाई चिनाउने, परीक्षाको मूल्यांकनबारे अन्य मुलुकमा भएका राम्रा अभ्यासहरुको बारेमा जानकारी लिने साथै हाम्रो परीक्षा प्रणाली सुधारका लागि यो सम्मेलन उपयोगी हुनेछ ।

पौडेलले नेपालको परीक्षा प्रणालीका बारेमा गुनासो आइरहेको बेलामा सम्मेलनले नेपालको परीक्षा प्रणालीमा सुधार ल्याउन सघाउ पुर्याउने स्पष्टसमेत पारे । हालको परीक्षा प्रणाली पनि पूर्ण रुपमा व्यवहारिक नभएको साथै बोर्डले निकट भविष्यमै विषयगत परीक्षाको तयारी गरिरहेको समयमा यो सम्मेलन कोसेढुंगा सावित हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले सम्मेलन नेपालको परीक्षा प्रणलीमा सुधारका लागि उपयोगी हुनेमा आफु विश्वस्त रहेको बताए ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ विहिवारदेखि शुरु भएको सम्मेलन १८ गतेसम्म हुने उक्त सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीहरुको सहभागिता रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी