५ नम्बर प्रदेश प्रहरी प्रमुख नियुक्त भएपछी आफू मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा बिहीबार रोल्पा पुगेका छन् । उनी भोलि शुक्रबार रुकुमको विभिन्न ठाउमाहरुमा जाने कार्यक्रम रहेको छ ।
रोल्पा र रुकुमको मुख्य प्रहरी ईलाका हरुको औपचारिक भ्रमण कार्यक्रममा एआइजी लामाले सम्पूर्ण सुरक्षा अबस्था चुस्त राख्न मातहतका प्रहरी प्रमुखहरु लाई निर्देशन दिए ।
साथै उनले निर्वाचन अबधि सम्म मदिरा सेवन गरि बेध हतियार बुजाउन पनि अग्रह गरेका थिए ।
उनले जिल्ला प्रहरी कार्यालय रोल्पा र रुकुम देखि ईलाका प्रहरी कार्यालय लगाएतका प्रहरी ईकाईहरुमा एआइजी लामाले सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै प्रशिक्षण समेत दिएका थिए ।
यो पहिलो औपचारीक भ्रमण हो एआइजी लामाले आसन्न निर्वाचन लाई लिएर गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै उनले भने । प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका एआइजी लामाका लागि सबै तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
एआइजी लामा जिल्ला प्रहरी कार्यालय रोल्पा र रुकुमको विभिन्न प्रहरी चौकीहरुको निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी बिहीबार एआइजी लामा दाङ फर्किने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

