चुनाव जित्ने रणनिति बनाउदै प्रचण्ड , बिप्लवलाई बालकृष्णको चिन्ता

चुनाव जित्ने रणनिति बनाउदै प्रचण्ड , बिप्लवलाई बालकृष्णको चिन्ता

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

१६ कात्तिक ,काठमाडौं । अाज दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता गर्ने दिन । सबै राजनीतिक पार्टीका नेता-कार्यकर्ताहरु जुलुससहित उम्मेदवारी दर्तामा व्यस्त छन् । नेताहरुले फुलका माला लगाएर अाफूलाई भोट दिन मनोनयनस्थलबाटै अाग्रह गरिरहेका छन् ।

उनीहरुले यो पटकको चुनावलाई जनयद्ध-जनअान्दोलनको उपलब्धी भन्दै भाषण गरिरहेका छन् । जनयुद्ध लडेका नेताहरु उम्मेदवारी दर्तामा, जेल र सडक गरी तीन ठाउँमा देखिए ।

प्रचण्डलगयतका नेताहरु उम्मेदवारी दर्ताको चिन्ता, बालकृष्णहरुलाई जेलमा कसरी रात बिताउने भन्‍ने चिन्‍ता र विप्लवहरुलाई बालकृष्णको चिन्ता । सबैलाई अा-अाफ्ना चिन्ता-चासो ठूलो हुनु स्वभाविकै थियो । त्यस्तै दृश्य देखिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा उम्मेदवारी दर्ता गराइरहँदा विप्लवले काठमाडौंमा बालकृष्णको गिरफ्तारीविरुद्ध विरोध प्रदर्शन गरे । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंका शान्तिबाटीकामा बालकृष्णको रिहाईको माग गर्दै प्रदर्शन गर्‍यो ।

जनयुद्धकालिन मुद्दामा बालकृष्णलाई जेल चलान गर्दा समेत जनयुद्धका कमाण्डर प्रचण्डले एक शब्द पनि बोलेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ