भ्रमपूर्ण समाचारप्रति नेकपा निकट शिक्षक संगठनको आपत्तिः अध्यक्ष बिसी भन्छन्, हामि चुनाव खारेजी अभियानमा छौ

भ्रमपूर्ण समाचारप्रति नेकपा निकट शिक्षक संगठनको आपत्तिः अध्यक्ष बिसी भन्छन्, हामि चुनाव खारेजी अभियानमा छौ

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१६ कात्तिक काठमाडौं ।

अखिल नेपाल शिक्षक संगठनले खोटाङमा ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने भन्नेबारे मिडियामा आएको समाचारको खण्डन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षकहरुको संगठन अखिल नेपाल शिक्षक संगठन खोटाङले ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने निर्णय गरेको भनी प्रचार–प्रसारमा आएको समाचार झुठा भएको बताउँदै आपत्ति जनाएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष लालबहाद्ुर बिसीले आज मिर्मिरेसँग कुरागर्दै संगठनले कुनैपनि तह वा प्रकारको चुनावलाई सहयोग गर्ने नीति नरहेको र यो नीतिविपरीत कुनै जिल्ला संगठनहरुले निर्णय नलिएको बताउनुभयो ।

‘दलाल संसदीय व्यवस्थाले आयोजना गर्ने जुनसुकै किसिमको चुनाव खारेज गर्ने नेकपाको नीतिलाई कडाई लागू गर्ने र खारेजी अभियानलाई प्रवाहको रुपमा देशभर कार्यान्वयन गराउन सिंगो शिक्षक लागिरहेको छ’ अध्यक्ष बिसीले भन्नुभयो , ‘कसैले चुनावलाई सघाउ पुग्ने गतिविधि गरेमा छानबिन गरी दोषीलाई कारवाही गरिन्छ ।’ ‘

कथित संसदवादीहरुले आयोजना गर्ने निर्वाचनमा खारेजीको पक्षमा दृढ र प्रतिवद्धतासहित लामबद्ध भएका छौं । त्यसकारण झुठा समाचारको भ्रममा नपर्न र हल्लाप्रति सजग रहन सबैमा अपिल गर्दछौं’ बिसीले भन्नुभयो ।

जनताको साथमा रहेर परिवर्तन र समृद्धिका लागि समर्पित क्रान्तिकारी संगठन र पार्टी छाडेर भागेका भगौडाहरुहरुले झुठा समाचारको खेति गरेको हुनसक्ने भन्दै बिसिले सचेतता अपनाउन समेत सबैसँग अपिल गर्नुभयो ।

केही दिनयता बिभिन्न संचारमाध्यमहरुबाट शिक्षक संगठनका केही जिल्ला कमिटीले चुनावमा ‘वाम गठबन्धनलाई सहयोग गर्ने’ भनी समाचारहरु सार्वजनिक भइरहेको सन्दर्भमा अध्यक्ष बिसीको यो भनाई आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ