कमलादिमा गोलि चलाउने भारतीय प्रहरी भएको खुलासा , नेपाल प्रवेश रहस्यमय

कमलादिमा गोलि चलाउने भारतीय प्रहरी भएको खुलासा , नेपाल प्रवेश रहस्यमय

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । बुधबार साँझ काठमाडौँको कमलादीमा गोली चलाउने व्यक्ति पञ्जाब प्रहरी भएको खुलासा भएको छ ।

भारतको पञ्जाव राज्यका प्रहरी जसवीर सिंह नाम गरेका युवालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनको साथमा पञ्जाव प्रहरीको परिचय पत्र भएको प्रहरीले खुलासा गरेको हो ।

गोली प्रहारपछि पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीको विशेष ब्यूरोमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

कमलादीस्थित हेरिटेज प्लाजाको भुईंतलाको ‘खाल्डो’ डान्स बारमा सधैंझैँ बुधबार साँझ पनि डिजे मोहन सुनार आफ्नो सुरमा गीत बजाइरहेका थिए ।

कोही नाचिरहेका थिए भने कोही छरिएर रहेका टेबलमा युवतीसँग रमाउँदै थिए । त्यतिखेरै एउटा टेबलमा भने दुई जना ‘गेस्ट’ र डान्सबारका कर्मचारीबीच केही समयदेखि विवाद भइरहेको देखिन्थ्यो ।

भारतीय मूलका अन्दाजी ३५ र ४० वर्षका ती दुई ‘गेस्ट’ लाई युवतीले घेरेर राखेका थिए । त्यहाँ एक्कासि घम्साघम्सीको स्थिति देखियो । दुवै जना उठेर हिँड्न खोजे तर डान्स बारका कर्मचारीले उनीहरूलाई घेरेर राखे । एकैछिनपछि दुएकैछिनपछि दुईमध्येका एक ‘गेस्ट’ले पेस्तोल निकालेर फायर गरे । सबैको भागाभाग भएको थियो ।

पक्राउ परेका दुवै भारतीय मंगलबार साँझ सुनौली नाका हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरू पन्जाबको नम्बर प्लेट भएको पीबी १० एफएस ७४४९ नम्बर भीएक्सआई मोडलको स्विफ्ट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आएर उनीहरू हिमालय दर्शन होटलमा बसेका थिए । प्रहरीले उनीहरूले भारतबाट ल्याएको स्विफ्ट गाडी पनि नियन्त्रणमा लिएको छ ।

साथै उनीहरू बसेको कोठामा पनि खानतलासी लिइएको छ । ‘ठूलो मात्रामा उनीहरूका लत्ताकपडा कोठामा भेटिए ।दुई जना मान्छेको १५(२० जोर कपडा भेटिनु सामान्य कुरा होइन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन् । राजधानीमा पछिल्लो एक महिनाभित्र भएको यो तेस्रो गोलीकाण्ड हो । यसले गर्दा थप रहस्यमय देखिन्छ ।विशेष ब्युरोले केही साताअघि जोरपाटीबाट दुई भारतीय सुटरलाई हतियारसहित पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ