पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता , किन दिए देउवाले मूल्य फिर्ताकाे दबाब ?

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता , किन दिए देउवाले मूल्य फिर्ताकाे दबाब ?

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, कात्तिक १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ ।

निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले बुधबार रातिबाट बढाइएको मूल्यवृद्धि फिर्ता लिएर साविककै मूल्यमा इन्धन बिक्री वितरण हुने जानकारी दिए ।

निगमको बुधबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी