धादिङ बस दुर्घटनास्थलको स्थलगत अनुगमन

धादिङ बस दुर्घटनास्थलको स्थलगत अनुगमन

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धादिङ , कात्तिक १५ । गत शनिबार पृथ्वी राजमार्गको घाटबेसीमा भएको यात्रीबहाक बस दुर्घटनास्थलको छानबिन समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको छ ।

टोलीले सडकको अवस्था, सडकछेउमा राखिएका कन्फिडेन्टवाल र ग्याभिन जाली सबैको निरीक्षण गरेको थियो ।

त्यसक्रममा छानबिन समितिका सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्र शर्मा काफ्लेले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने बताउनु भयो ।

राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बस गजुरी गाउँपालिकास्थित घाटबेसीको बांगे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा बसमा सवार ३१ यात्रीको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता भएका छन् ।

बसका चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ