काठमाडौं ,१५ कार्तिक ।
चालु वर्षको भदौमा भारततर्फ निर्यात घटेको छ भने चीनतर्फ उल्लेख्य रुपमा बढेको छ । यस्तै आयतको हिस्सा पनि भारतको तुलनामा चीनतर्फ बढी देखिएको राष्ट्रबैंकको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ ।
चालु वर्षको राष्ट्रबैंकको २ महिनाको तथ्याङ्क अनुसार भारततर्फ निर्यात ३ दशमलव ३ प्रतिशतले घटेको छ भने चीनतर्फ नेपालको निर्यात व्यापार ४४ दशमलव ६ प्रतिशतले बढेको छ ।
सोही अवधिमा भारतबाट ८ दशमलव १ प्रतिशतको हाराहारीमा आयत भएको छ भने चीनबाट वस्तु आयतको हिस्सा २६ दशमलव ३ प्रतिशतले वढेको छ । यो अवधिमा पेट्रोलियम पदार्थ, मेसिनरी सामान, सुन, सिमेन्ट जस्ता बस्तुको आयत बढेको छ ।
धागो, बनस्पती घिउ, लगायत बस्तुको निर्यात वढेको छ भने जुस, अलँैची, गलैँचा जस्ता वस्तुहरुको निर्यात घटेको छ ।
चालु आर्थिक वर्षको २ महिनामा कुल व्यापार घाटा ११ दशमलव ८ प्रतिशतले बढेर १ खर्व ५१ अर्व ८३ करोड रुपैयाँ पुगेको छ । अहिलेकै अवस्था रहने हो भने यो वर्ष व्यापारघाटा नेपालको बजेट आकार जत्तिकै, करिव १२ खर्व रुपैयाँ छुने आंकलन गरिएको छ ।