१४ कार्तिक ,काठमाडौँ / काठमाडौँ महानगर पालिकाले बाघ दरवारमा अवस्थित आफ्नो कार्यालयको नया भवन डिजाइन सर्बोजनिक गरेको छ
।
बैशाख १२ को महाभूकम्पबात क्षिति ग्रस्त सोभावन सामान्य मर्मत गरि कार्यालय संचालन गर्दै आएका थिए । भुकम्प पश्चात महानगरको प्राविधिक टोलीले आफ्नो अध्यनमा मर्मत गरि पुनः संचालनमा ल्याउन नसकिने भनेपछि महानगरले पुरै अत्याधुनिक नया मल्लकालीन बास्तुयुक्त तरिका बात डिजाइन तयार पारिएको बताएको छ ।
नया बन्ने भवनमा बाहिरि मोहडा तीनवटा मौलिकता झल्किने गरि मल्लकालीन परम्परागत ४ वटा चोक,सम्पूर्ण प्यासेज लवी कोठाहरु सौर्य उज्यालो छिर्नेका साथै अपाङ्ग मैत्री लगाएत सेवाग्राहीलाइ सहज हुने गरि डिजाइन गरिएको आज आयोजित पत्रका सम्मेलनमा महानगर पालिकाका मेयर बिध्या सुन्दर शाक्यले बताउनु भयो ।
महानगरले हाल आफ्नो कार्यालय रहेको एेतिहासिक बागदरवार नभएर बागदरवार परिषद भित्र रहेको हरिभवन भएकोले पुरातात्विक परिभाषा भित्र समेत नपर्ने भएकोले आफ्नो भवन बनाउने दाइत्वो महानगरपालिकामा निहित रहेको बताउदै र यसमा प्रयोग भएको इट्टा १९९१ लेखिएको १९९० सालपछिको भुकम्प पछिको रहेकोले केहि पुराना फोटोहरुसमेत तथ्यको रुपमा बहिर्याएको छ । मेयर शाक्यले नया बन्ने भवनको बारेमा पुरातात्वो बिभाग संग कुनै कुरा नबाझिएको र निरन्तर सहकार्य भैरहेको समेत प्रस्ट्याउनु भयो ।
१९९० सालभन्दा अगाडिको धरहरा बात लिइएको फोटोमा भीमसेन थापाले बनाएका वास्तविक बाग दरवार रातो घेरा भन्दा बाहिर , हालको महानगर पालिका भबन त्यो समय खालि देखिएको छ रातो घेरा भित्र
१९९० पछि को यो फोटोमा बास्तविक बाघदरवार जुन भिमसेन थापाले आफु बस्नका लागि बनाएका थिए । भीमसेन थापाको पतन पछि आगलागीका कारण जिर्ण रहेको दरवार र संगै रहेको दोश्रो धरहराको भग्नावशेष पुरै नासिएको थियो । रातो घेरामा बाघदरवार नरहेको खाली जमिन ,निलो घेरामा हालको महानगरपालिका रहेको भवन