किन डाक्यो सेनाले पृतनापति बैठक ?

किन डाक्यो सेनाले पृतनापति बैठक ?

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

 काठमाडौं, १४ कात्तिक   |

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली सेनाले पृतनापतिहरूको बैठक बोलाएको छ । सेनाले १७ कात्तिकमा आठवटै पृतनापति र काठमाडौं उपत्यकाका महानिर्देशनालय, निर्देशनालय तथा विशेष बाहिनीका प्रमुखलाई बोलाएको छ ।

‘गत वर्ष मंसिरमा यस्तो बैठक बोलाइएको थियो, यसपटक निर्वाचन सुरक्षालाई पनि मध्यनजर राख्दै चाँडै बैठक बोलाइएको छ,’ जंगी अड्डा स्रोतले भन्यो ।

पृतनापतिहरूको समन्वयात्मक बैठकमा पृतनापतिहरूले आ–आफ्नो क्षेत्रको राजनीतिक र सुरक्षासँग सम्बन्धित वस्तुस्थितिबारे ब्रिफिङ गर्नेछन् ।

बैठकको उद्घाटन रक्षामन्त्री भीमसेनदास प्रधानले गर्ने कार्यक्रम तय भएको छ । हरेक निर्वाचनअघि सेनाले यस्ता बैठक बोलाएर चुनावी परिणामको समेत व्याख्या विश्लेषण गर्ने गरेको छ ।-नयाँ पत्रिका,

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ