वाम गठबन्धन भनेको स्याललाई रंग दलेर बनाईएको बाघ होः विप्लव

वाम गठबन्धन भनेको स्याललाई रंग दलेर बनाईएको बाघ होः विप्लव

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिले भएको एमाले र माओवादीको गठबन्धन स्याललाई रंग घसेर बनाईएको बाघ जस्तो भएको टिप्पणी गर्नु भएको छ ।
आज राति एभिन्युज टेलिभिजनमा दिईएको अन्तवार्तामा महासचिव विप्लवले एमाले सत्ताबाट बाहिर बस्नु पर्ने डरले र माओवादी आफ्नो अस्थित्व संकटमा पर्ने खतराका कारण बाध्य भएर यो गठबन्धन गरेको बताउनु भयो ।
जतिसुकै बाम वा कम्युनिष्ट भने पनि यसले संसदीय पुजीवादी व्यवस्था स्वीकार गरेका कारण यस्तो व्यवस्थाको मुख्य नेतृत्व काग्रेस नै हुने उहाले बताउनु भयो ।
कम्युनिष्ट भनेको बैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि लाग्नु पर्ने भनिए पनि उनीहरुले पूजीवादी ससदीय व्यवस्थामै सत्तामा हाली मुहाली गर्न यो गठबन्धन गरेको र त्यो कम्युनिष्टहरुको केन्द्र बन्न नसक्ने विप्लवको भनाई थियो ।
ससदीय व्यवस्थाको दलालीकरण र असफलता देखिदै गर्दा पूर्व राजाले पनि नेतृत्व लिने भनेर बोल्ने अवस्था आएको भन्दै समाजलाई अग्रगामी दिशामा लैजान, स्वाधीनताको रक्षा गर्न राष्ट्रवादी, लोकतन्त्रवादी र कम्युनिष्टहरु एक हुनु पर्ने उहाँले बताउनु भयो । प्रचण्डलाई अहिले एमालेले काध हालेर थाम्नु पर्ने अवस्था आएको भन्दै उहाले जनमुक्ति सेनाको ४ अर्ब रुपैया सहित थुप्रै मामलाहरु उनीमाथि क्लिन चिटको रुपमा किन दिईयो भन्ने प्रश्न गर्नु भयो ।

अहिले पैसावालाले मात्रै प्रतिस्पर्धा गर्न पाउने र उनीहरु नै हाली मुहाली हुने खालको व्यवस्था आएको भन्दै उहाले जनताको असली प्रतिनिधित्व र व्यवस्था ल्याउन जनयुद्धको उत्कर्षको रुपमा लड्ने पनि बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ