भोजपुर , १३ कार्तिक ।
सानैमा आमा गुमाएकी अस्मिता बिश्वकर्मा बाबुले पनि छाडेर ईन्डियाको (आसाम) भासिएपछि अनाथ बन्न पुगिन् । भोजपुरको दक्षिणी आम्चोक ९ दुम्माना घर भएकी उनलाई बाबु आमा नभएपनि आफ्नै ठुलोबुबाले पालनपोषण गरे ।
हाल १४ बर्ष लागेकी तीनै अनाथ बालिकामाथि छिमेकी सन्तोष श्रेष्ठले बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास गरेका छन् ।
श्रेष्ठले बलात्कारपछि आँखा फुट्ने गरी यातना दिएर सिस्नोघारीमा फ्याकेका थिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।
होसमा आएपछि गाउँलेको सहयोगमा दोम्माना स्वास्थ्य चौकीमा सामान्य उपचार पछि उनलाई धरान लगिएको र हाल बीपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिस्ठाठानमा उपचार भइरहेको छ ।
अस्पताल पुर्याएपछि होस खुलेकी बालिकाले श्रेष्ठले आफुलाई बलात्कार गरि कुटपिट गरेर मरेको भन्दै झाडिमा फालिदिएको बयान दिकी उनका दाजु धनबहादुर विश्वकर्माले बताए ।
बालिका बलात्कारी श्रेष्ठलाई प्रहरीले इलाका प्रहरी चौकी बालाँखाले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुर लगिदै छ ।
घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अस्पतालकै श्ययाबाट सहयोगको याचना गरेकि उनले आफुलाई सहयोगका लागि आफ्ना दाजु धन बहादुर बिकको मोवाइल ९८०७०४२२०६ मा सम्पर्क समेत गर्न सकिने जनाएका छन् ।