सामाजिक सञ्जालभरी भाइरल भएको यो तस्विर : यस्तो छ तस्विर पछाडिको रहस्य

सामाजिक सञ्जालभरी भाइरल भएको यो तस्विर : यस्तो छ तस्विर पछाडिको रहस्य

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं । पृष्ठभूमिमा विशाल त्रिशुली नदी बगिरहेको छ । ठूलो चट्टानमाथि एउटा मानिस मृत बालक बोकेर अघि बढिरहेको छ । सेतो गाउन लगाएका प्लस लेखिएको छ ।

मृत बालक बोक्ने व्यक्ति निकै भावुक देखिन्छन् । उनको अनुहारले मृत बालक प्रतिको समबेदना झल्काउँछ । सामाजिक सञ्जालमा निकै भाइरल बनेको यो तस्विर शनिबार धादिङमा भएको दुर्घटनाको कारुणीक दृष्य हो । ३१ जनाको ज्यान जानेगरी धादिङको गजुरीमा भएको उक्त दुर्घटनापछि उद्धारमा निकै सक्रिय देखिएका ती व्यक्ति को हुन् ?

धादिङमा हुने सबै विपतहरुमा ती व्यक्ति अगाडि देखिन्छन् । विनाशकारी भूकम्पको समयमा उनलाई एम्बुलेन्स अंकल भनेर चिनिन्थ्यो । धादिङ सदरमुकाम धादिङबेसी बीच बजारका नारायण कुमार श्रेष्ठ दुर्घटना भएको सुचना पाउँनासाथ दुर्घटनास्थलमा दौडिन्छन् ।

शनिबार विहान साँढे ५ बजे धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमुढ नजिकै त्रिशुली नदिमा सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस खस्यो । उनी गुजुरीकै आदर्श क्याम्पसमा प्रथामिक उपचार सम्बन्धी तालिममा थिए ।

बस दुर्घटनामा परेको सुचनासहित रेडक्रस जिल्ला सभापति सिताराम कोइरालाले उनलाई फोन गरे । दुर्घटना भएको ३० मिनेट नपुग्दै उनी दुर्घटनास्थलमा पुगे । घाइतेहरुको उद्दारमा लागि परे ।

‘मेरो जीवनमा यो निकै दुखद घटना हो । छतविक्षत देखिने मृत शरिर र घाइतेहरु चिच्याहट उस्तै थियो,’ नारायणले भने,‘मलाई निकै पिडा भएको थियो ।’ उनले धादिङका अधिकांश ठूला विपतहरुमा उद्धार गर्दै आएका छन् । तर, यो घटना भने सबैभन्दा पीडादायी रहेको उनी सुनाउँछन् ।

उनी विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म उद्दारमा खटिएका थिए । ‘मैले ११ वटा बालबालीकाको शवको उद्दार गरेँ,’ उनी सुनाउँछन्,‘त्यो क्षण निकै दुखदायी थियो ।’

स्थानिय तह पुनर्संचना आयोगका पुर्व सदस्य निरज साहले सामाजिक सञ्जाल फेसबुकमा उनको तस्विर राख्दै निकै भावुक स्ट्याटस पोस्ट गरेका छन् ।

‘एउटा नदी, एउटा चट्टान, एउटा मृत बालक अनि रमिते हामी । थकित, निद्राग्रस्त र जड्याहा एउटा ड्राइभर, पैसा भए पुग्ने र क्षतिपूर्ति बिमाबाट भैहाल्छ भन्ने एउटा बसमालिक, क्षमता भन्दा बढी सवारी कोचेको पैसा पाएपछि नदेखे झैं गर्ने एउटा ट्राफिक प्रहरी, बाटोको दुरावस्था नदेख्ने एउटा सडक बिभाग,’ यी सबैको प्रतिनिधित्व गर्छ त्यो मृत बालक र त्यस बालकलाई अंगालोमा लिने व्यक्तिको अनुहारमा व्यक्त पीडाले । राजविराजबाट काठमाडौँ आउदै गरेको बस गजुरीको घाटवेसीमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका सबैमा र विशेष गरि यस पिक्चरमा देखिएको अवोध बालक प्रति अश्रुपुरित श्रद्धासुमन चढाउ छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौला बजारमा जन्मिएका उनी समाजसेवामा सक्रिय छन् । २२ वर्षदेखि विपद उद्दारमा लागेका नारायण जिल्ला रेडक्रसका स्रोत व्यक्ति हुन् ।

यो फोटो कान्तिपुर आवद्ध पत्रकार हरिहर सिंह राठौरले खिचेका हुन्।-भिडियोअफनेपाल बाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ