वाम गठबन्धनको प्रभावः टानमा दाहाल बिजयी

वाम गठबन्धनको प्रभावः टानमा दाहाल बिजयी

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

काठमाडौँ, १३ कात्तिक ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ ।

टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गर्नुभएको थियो ।

यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गर्नुभएको टान निर्वाचन समितिले जनाएको छ ।

टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताउनुभयो ।

गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहनुभएका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ