बालक शिवाकोटी हत्याको मुद्दा फिर्ता लिन बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले दिए दबाब !

बालक शिवाकोटी हत्याको मुद्दा फिर्ता लिन बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले दिए दबाब !

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याविरुद्ध दिएको जाहेरी फिर्ता लिन शिवाकोटी परिवारलाई दबाब दिएको बताइएको छ ।
गत असोज १४ गते बिर्तामोड नगरपालिका वडा नम्बर ५ का सुधिर पोखरेलको घरमा साथीसँगै साइकल चढेर गएका लक्ष्मणको भोलिपल्ट १५ गते निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।
बालकको मृत्यु हत्याबाट भएको भन्दै मृतक परिवारले सुधिर पोखरेलसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा असोज १९ गते किटानी जाहेरी दरखास्त दर्ता गरेको थियो । तत्कालीन कार्यालय प्रमुख डीएसपी राजकुमार सिलवाल थिए । सोही जाहेरीको आधारमा प्रहरीले सुधिर पोखरेल, सन्तोष पोखरेल र समिर पोखरेललाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरेपनि पाँच जना अझै फरार छन् ।
मुद्दा फिर्ता गराउने आश्वासन दिई मेयर शिवाकोटीले  रकम लिएको स्थानीय आन्दोलनकारीले बताएका छन् । नाताले मेयर शिवाकोटी मृतक लक्ष्मणका हजुरबुबा हुन् ।
मुद्दा फिर्ता लिन परिवारलाई दबाब दिइरहेको विषयबारे राखिएको जिज्ञासामा मेयर शिवाकोटीले आफूले पीडित परिवारलाई मुद्दा फिर्ता लिन कुनै किसिमको दबाब नदिएको र लक्ष्मणको हत्यारालाई कारवाही गर्न हरतरहले सहयोग गरिरहेको प्रतिक्रिया दिए । ‘पीडित पक्षलाई न्याय दिलाउन लागिपरेको देखेर विरोधीहरुले मैले पैसा खाएको हल्ला चलाएका हुन् । मैले कस्तो भूमिका निभाइरहेको छ भन्ने कुरा दुनियाँले हेरिरहेका छन्’ मेयर शिवाकोटीले भने । रकम लिएको विषयको उनले ठाडै प्रतिवाद गरे ।
‘बालक लक्ष्मणको हत्या भएको छ । तर तत्कालीन डीएसपी राजकुमार सिलवालले हत्याराको खोजी र पक्राउ परेकामाथि मुद्दा चलाउन बेवास्ता गरे । अहिले उनको ठाउँमा अर्कै डीएसपी आएका छन् । बालक लक्ष्मणका हत्यारा पत्ता लगाई कडा करवाही गर्नुपर्छ’ रेडियो मिर्मिरेसँगको कुराकानीमा मेयर शिवाकोटीले भने ।
किटानी जाहेरी परेका पाँच जनालाई तुरुन्त पक्राउ गरेर हत्याको सत्यता बाहिर ल्याउन पनि सरकारसँग उनले माग गरे । बालकको हत्यारा पत्ता लगाउन प्रशासनले आनाकानी गरिरहेको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै यही शुक्रबार स्थानीयसहित पीडित पक्षले निकालिएको शान्तिपूर्ण र्यालीमा प्रहरीले अन्धाधुन्दा गोली चलाउन स्थानीय अर्जुन थापाको ज्यान गएको छ ।
अक्रोशित भीडले शुक्रबारै बिर्तामोस्थित पाथीभरा टोलमा रहेको मेयर शिवाकोटीको घरमा तोडफोड गर्नुका साथै र केही सवारी साधनमाथि आगजनी समेत गरेका छन् । पाँच सय जनाभन्दा बढीले दुई घण्टासँग आफ्नो घरमा ढुंगा हानेको मेयर शिवाकोटीले बताए । ‘मलाई नै मार्ने उद्देश्यले ढुंगा हानिएको छ । तैपनि सरकार सुरक्षा दिन चाहिरहेको छैन’ उनले भने ।
सोही दिनदेखि बिर्तामोड क्षेत्रमा लगाएको कफ्र्यु अहिले पनि जारी छ । बालकको हत्यारालाई कारवाही नगरेसम्म आन्दोलन प्रदर्शन नरोकिने पीडित र स्थानीयहरुको भनाई छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ