काठमाण्डौ , १२ कार्तिक ।
दार्चुलाको अपी हिमाल गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राख्न माग गर्दै स्थानीयलेप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मार्फत अपी हिमालबासीले निर्णय सच्याएर पिछडिएको क्षेत्रमा राख्न माग सहितको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयलाई बुझाएका हुन् ।
अति विकट हिमाली गाविसहरु समेटेर विशेष क्षेत्रको छुट्टै गाउँपालिका स्थापना भएको र सदरमुकामबाट गाउँपालिका पुग्न दुईरतीन दिन लाग्ने तथा गाउँपालिकाबाट सडक मार्गसम्म पुग्न पनि दुई दिन लाग्ने ठाउँलाई सरकारले पिछडिएको क्षेत्रमा समावेश नगरेको प्रति स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारले तत्काल निर्णय नसच्याए आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline