काठमाडौं कार्तिक १२, ।
बिभिन्न दुई सुत्रीय माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आन्दोलित भएको छ ।
महासंघले सरकारले आफ्ना माग पूरा नगरे आगामी बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड नगर्ने चेतावनी दिएको छ ।
महासंघले खारेज गरिएको ट्याङकर पुन सञ्चालनमा आएकाले ति ट्याङ्करलाई तत्काल खारेज गर्नुपर्ने र ढुवानी नियमावली पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग सरकारसमक्ष राखेको छ ।
महासंघका दुई सूत्रिय माग सरकारले पूरा नगरे बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड अनिश्चितकालागि बन्द गरिने महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताउनुभयो ।
उहाँका अनुसार सरकारले बिगतमा खारेज गरेका ट्याङकर हाल पुनस् सञ्चालनमा आएपनि कारबाहीमा बेवास्ता गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline