बाबुराम भट्टराई नेपाली समकालीन नेताहरुमा सबै भन्दा अध्ययनशील नेता हुन् । उनको शैक्षिक योग्यता कुनै पनि पूर्व प्रधानमन्त्रीहरुको भन्दा बढी छ ।
भौतिक पुर्वाधार विकासमा उनको भिजन पनि उत्कृष्ट मान्छन् बुद्धीजीवीहरु । तर पनि राजनीतिक सत्ताका लागि उनको अबको यात्रा जटिल देखिएको छ ।
उनले गठन गरेको पार्टी क्रमशः कमजोर हुदै गएको छ । उनले काग्रेसको समर्थनमा गोरखा २ मा चुनाव लड्ने भएका छन् ।
अहिले गोरखाका माओवादी कार्यकर्ताहरु धेरै उनको विरुद्धमा लागेकाले उनले चुनाव हार्छन कि भन्ने बाहिरी विष्लेषण शुरु भएको छ । तर के बाबुरामले साच्चै चुनाव हार्छन् त ? या जीते भने कसरी जित्न सक्छन् यो निकै पेचिलो प्रश्न बनेको छ ।
बाबुरामले अहिले चुनाव जीत्न केही भित्री रणनीति तयार पारेका छन् । जस अनुसार पहिलो नयाँ शक्तिका मतदाताहरुलाई सुरक्षित पार्ने, काग्रेसको मतदाताको ठूलो प्रतिशत खसाल्न प्रेरित गर्ने र तेस्रो माओवादी नै भए पनि बाबुरामको क्रेजका कारण व्यक्तिगत दृष्टिकोण राखी मत दिनेहरुलाई खोजी गर्ने । यो सबै उपाय अपनाएर अन्तिममा चुनाव जीत्ने लक्ष्य सहित उनले कार्यकर्ताहरुलाई परिचालन गर्न थालेका छन् ।
नयाँ शक्तिका केही नेता कार्यकर्तालाई माओवादी केन्द्रले खरीद गरेर बाबुरामलाई हराउने खेलमा लागेको आरोप उनीहरुले लगाउन थालेका छन् । यस्तो अवस्थामा पनि गोरखाली जनताको माया बाबुरामप्रति रहने भएकाले सानै मतान्तरले भए पनि जीत हात पार्ने बाबुरामले आकंलन गरेर अगाडी बढेको उनी निकट स्रोतले जनाएको छ ।
बाबुरामले गोरखामा चुनाव जीते वाम गठबन्धन र माओवादी केन्द्रलाई रणनीतिक रुपले निकै ठुलो धक्का लाग्ने भित्री अनुमान प्रचण्ड निकटका नेताहरुले गर्न थालेका छन् ।