तराई झर्न डराउँछन् पहाडिया,यस्तो छ कारण

तराई झर्न डराउँछन् पहाडिया,यस्तो छ कारण

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मंगलबारे, इलाम, १२ । 

पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् ।

रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउनुहुन्छ ।

व्यापारी, बालबालिका पढाउने अविभावक र सुविधायुक्त अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जानेहरु अहिले चिन्तित छन् । विर्तामोड अहिले डेँगु प्रकोप क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत चिन्तित छन् ।

लत्ताकपडा, निर्माण सामग्रीदेखि सम्पूर्ण दैनिक उपभोग्य वस्तुको खरिद केन्द्र काँकडभित्ता, दमक र बिर्तामोड महत्वपूर्ण मानिन्छन् । डेँगु प्रकोपदेखि डराएका कारण तराई झर्ने यात्रुको संख्या पनि दिनदिनै घट्दै गएको सवारी साधान सञ्चालकहरू बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ