राप्रपा र राप्रपा प्रजातान्त्रिकले उम्मेदवार छान्न सकेनन्,तालमेलका विषयमा कांग्रेससँग छुट्टाछुट्टै छलफलको तयारी

राप्रपा र राप्रपा प्रजातान्त्रिकले उम्मेदवार छान्न सकेनन्,तालमेलका विषयमा कांग्रेससँग छुट्टाछुट्टै छलफलको तयारी

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाणडाै , १२ कार्तिक ।  प्रमुख सत्तारूढ दल कांग्रेससँग चुनावी तालमेल गरेका राप्रपा र राप्रपा (प्रजातान्त्रिक)ले दोस्रो चरणको निर्वाचनका लागि अहिलेसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार टुंग्याउन सकेका छैनन् । कांग्रेससँग तालमेलको विषय नटुंगेकाले दुवै पार्टीले उम्मेदवार टुंग्याउन नसकेका हुन् । सिट बाँडफाँडको विषय टुंग्याउन आइतबार बिहान कांग्रेसले दुई राप्रपाका नेतासँग छुट्टाछुट्टै छलफल गर्ने भएको छ ।

कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले आइतबार बिहान दुई दलसँग छुट्टाछुट्टै बैठक गरी तालमेलमा लेनदेनको विषय टुंग्याउने तयारी रहेको जानकारी दिए । ‘आइतबार बिहान दुई दलका नेतासँग छुट्टाछुट्टै बैठक बस्ने तयारी छ । त्यसले सिट बाँडफाँडको विषय टुंगिन्छ,’ खाणले भने ।

जनमत भएका राप्रपा र राप्रपा (प्रजातान्त्रिक)का शीर्ष तहका नेतालाई कांग्रेसले सहयोग गर्ने र बाँकी स्थानमा दुई दलले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने अनौपचारिक सहमति बनिसकेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा कांग्रेसको समर्थनमा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

त्यस्तै, राप्रपा अध्यक्ष कमल थापा कांग्रेसको समर्थनमा मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभामा झापा–३ बाट उम्मेदवार बनाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला समानुपातिकमा बसेका छन् । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोरा रुपन्देशी– २ बाट उम्मेदवार बनाउन कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाण समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।

०७० को संविधानसभा निर्वाचनमा झापा– ३ बाट सिटौला र रुपन्देशी–३ बाट खाण विजयी भएका थिए । अहिले निर्वाचन क्षेत्र पुनरावलोकन गर्दा खाणका क्षेत्रका केही भाग बोहोराको क्षेत्रमा गाभिएको छ । त्यस्तै, कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट र महामन्त्री सुनील थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवार बन्दै छन् ।

राप्रपालाई काठमाडौं–७ मा उम्मेदवार बनाउन दिने विषयमा पनि छलफल भइरहेको स्रोतले बताएको छ । राप्रपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द कांग्रेसको समर्थनमा बैतडीबाट उम्मेदवार बन्ने सहमति भएको स्रोतले बताएको छ । कति स्थानमा कांग्रेसको समर्थनमा राप्रपा उम्मेदवार बन्ने र राप्रपाको समर्थनमा कांग्रेसले कति स्थानमा उम्मेदवारी दर्ता गर्ने भन्ने विषय आइतबार बिहान टुंगिने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । -नयाँ पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ