उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवशायी पक्राउ पर्ने डरले फरार !

उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवशायी पक्राउ पर्ने डरले फरार !

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, कात्तिक १२ । लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरु सम्पर्कमा आएका छैनन् ।

‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’परिसरका डिएसपी बेलबहादुर पाण्डेले भने, ‘तर व्यवसायी फरार छन् ।’

उनका अनुसार ब्यवसायीहरु पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । व्यवसायी फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ ।

आपूर्ति ब्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौं १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरिएको थियो ।

यता दरबारमार्ग क्षेत्रका ब्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरु फरार नभएको दावी गरे । उनले प्रहरीले भन्नेवित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ