अध्यक्षद्धारा व्यापक वन फडानि, पदाधिकारी वेखवर

अध्यक्षद्धारा व्यापक वन फडानि, पदाधिकारी वेखवर

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

शशिधर भण्डारी
प्यूठान, ११ कार्तिक
समुदायिक वन उपभोक्ता समितिका अध्यक्षको मिलोमत्तोमा ब्यापाक वन फडानी गरिएको छ । माण्डवी गाउँपालिका १ तिरामको त्रिवेणी सामुदायिक वनमा उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारीको मिलोमत्तोमा व्यापक वन फडानि भएको स्थानिय उपभोक्ता असोक विटालुले वताए।
सामुदायिक वनमा समितिका अन्य पदाधिकारीलाई थाहै नदिई अध्यक्षले सालका रुखहरु काटेका हुन। ‘रुख काटनेवारे कुनै निर्णय नगरिएको छैन तर, लापरवाहिपुर्ण तरिकाले वन फडानि भएको छ।’ उक्त सामुदायिक वनका उपाध्यक्ष ऋिषि अधिकारीले भने।
समितिका कोषाध्यक्ष वलराम सुवेदीले ढलेका, वाटोको कारण हटाउनुपर्ने र अन्यन्तै पुराना रुख कार्तिक महिनामा निवेदन माग गरेर मंसिरमा दिने निर्णय भएको वताए। तर, वनमा कार्तिक नलाग्दै नयाँनयाँ रुखहरु फडानि गरिएको छ। रुख फडानि गरिएकावारे उपभोक्ता मात्र हैन समितिका पदाधिकारी नै वेखवर रहेका छन्।
“तपाईको वनमा त रुखहरु काटेर मुढा तेस्र्याईएका छन् त! तपाईले काटन सुरु भएको छैन पुराना ढलेका निकाल्ने निर्णय मात्र भएको भन्नुहुन्छ। यसवारे जानकारी छैन?” भन्ने प्रश्नमा कोषाध्यक्ष सुवेदीले भने–“सग्ला रुखहरु काटने त निर्णय नै छैन। ढलेका र धोल्दा परेका रुख दिने भन्ने हो त्यो पनि आजकल होईन। वन समितिको निर्णय विना नै यसरी रातारात काठ काटनु त तस्करी नै भयो नि!
रातारात सालका काठहरु फडानी गरिएको उपभोक्ताको भनाई छ। जंगलमा सालका रुखहरु मुढा वनाएर तेस्र्याइएका छन्। उपभोत्ता समितिको निर्णय, वनको कार्ययोजना र जिल्लावनको अनुमपति विनै सामुदायिक वनमा सालका रुखहरु ढालिएकोप्रति उपभोक्ता र स्थानियवासि आक्रोसित छन्।
सामुदायिक वनमा रुख कटानी गर्दा उपभोक्ता समितिले निर्णय गर्नुपर्छ। तर, त्रिवेणि सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष सचिव र कोषाध्यक्षलाई जानकारी विनै सालका रुखहरु काटिएका छन्। धमाधम वन फडानी भइरहेका वेला त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष ऋषि अधिकारीले कुनै पनि आधिकारीक निर्णय नभइकनै काठ फडानी गरिएको जानकारी दिए ।
सालका रुख काट्ने वा नकाट्ने निर्णय छैन् ्’ ऋषिले अधिकारीले भने‘वन समितिको निर्णय विना यसरी रुखहरु ढाल्नु राम्रो होईन। यदि उपाध्यक्ष विना कुनै निर्णय भएको छ भने मलाई जानकारी छैन।’
त्रिवेणी सामुदायिक वनका उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारीले भने सामुदायिक वनको निर्णय वमोजिम नै काठहरु काटिएको दावि गरे। “उपभोत्तालाई आवश्यक परेका काटने भन्ने निर्णय भएको छ त्यसैले दुई जना उपभोक्तालाई आवस्यक परेकाले रुखहरु काटिएको हो” अध्यक्ष अधिकारीले भने “उपभोक्ता समितिले विगतमा निर्णय गरिसकेको कुरा होे। त्यसैले उपभोक्ताकै हितमा काटिएको हो।”
जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेलले सालका रुख काटनका लागि जिल्ला वनले अनुमति नदिएको वताए। सामुदायिक वनवाट सालका रुख काटन उपभोक्ता समितिको निर्णय, कार्यविधि र वन कार्यालयको अनुमति आवश्यक पर्ने उनले वताए। सामुदायिक वनको निर्णयविना उपभोक्ताका लागि पनि सामुदायिक वनको कुनै चिज वेच्न नपाईने पौडेलको भनाई छ। उनका अनुसार निर्णय विना सामुदायिक वनमा लापरवाहि गरेको भए जो कोहिलाई पनि कानुन वमोजिम कारवाहि हुन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ