नेपाल कम्युनिष्ट पार्टीले मंसीर १० र २१ गतेको संघ र प्रदेशको निर्वाचनको खारेजीको माग गर्दै आज साझ देशभर सांकेतिक विरोध स्वरुप मशाल जुलुश गरेको छ ।
काठमाण्डौं, मकवानपुर, रुपन्देही, सुनसरी, मोरगं, कपिलबस्तु, रोल्पा, कैलाली, दागं लगायतका जिल्लामा मशाल जुलुश निकालिएको नेकपाका नेताहरुले जनाएका छन् ।
सुनसरीको ईटहरीमा नेकपाका कार्यकर्ताहरुले निर्वाचन खारेजीको माग गर्दै मशाल बालेको सुनसरीका नेता सन्तोष विष्टले जानकारी दिएका छन् ।
यता मकवानपुरमा भएको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको नेकपाले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन खारेजीका लागि चरणवद्ध सघर्ष गर्ने जनाएको छ ।
यसै गरी प्युठानमा पनि नेकपाले मशाल बाल्नुका साथै आतिसवाजी गरेको छ । यसै गरी ताप्लेजुगंको फुगंलिंग सावा लगायत ६ स्थानमा मशाल बालिएको हाम्रा सहकर्मी आलोक लिम्बुले जनाएका छन् ।



