त्रिसुली नदिमा बस खस्दा मृत्यु भएका ३० मध्ये २० जनाको सनाखत (नामावलि सहित)

त्रिसुली नदिमा बस खस्दा मृत्यु भएका ३० मध्ये २० जनाको सनाखत (नामावलि सहित)

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

धादिङ , ११ कात्तिक ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ ।

अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा न।ं ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी हुनुहुन्छ ।

दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।

यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ ।

दुर्घटनापछि अहिले साँझसम्म उद्धार कार्य भइरहेको छ । दुर्घटनाका मृतकको संख्या ३० जना पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ । घाइते यात्रु मनोजकुमार ठाकुरले भन्नुभयो, “तीव्र्र गतिका कारण बसेको सिटमा अडिएर बस्न समेत समस्या भएको थियो ।”

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, स्थानीयवासी र नेपाल रेडक्रस परिचालन भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी