उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, ११ कात्तिक ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २३३ औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

आगामी शनिबार २३४ औँ हप्ताको वाग्मती सफाइ शान्तिनगरस्थित भी एस निकेतन विद्यालय अघि गरिने सफाइ महाअभियानले जनाएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९३ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर निकालिएको छ ।

रुद्रमती सफाइको १९० औँ हप्तामा आज रातोपुल–कालोपुल– सिफल–गौशाला हुँदै पुनः रातोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

उता विष्णुमती सफाइको १६१ औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिका सीमा मनमैजुमा चार मेट्रिक टन र मनोहरा नदी सफाइको ३१ औँ हप्तामा हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर निकालिएको छ ।

चक्रपथ सफाइको २९ औँ हप्तामा सामाखुसी चोकदेखि नयाँ बसपार्कको शिव मन्दिरसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

यसैगरी मीनभवन आलोकनगर सफाइको २९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो ।

यसैगरी चक्रपथको बाफल सफाइको ११ औँ हप्तामा सीतापाइला–बाफल–स्युचाटारसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ