बाबुराम भट्टराई प्रचण्डका बैचारीक एवं सांगठनिक प्रतिन्द्धीका रुपमा रहे युद्धकालमै पनि । बाबुराम भट्टराईमाथि भारतको एजेण्ट भएको आरोप विगतमा पनि प्रचण्डले लगाएका थिए ।
उनले पार्टी छाडे पछि पनि बाबुरामलाई अनेक तरहले फसाउने खेलमा प्रचण्ड लागेको र अहिलेको गठबन्धन , सूर्य चिन्हमा चुनाव लड्ने सन्दर्भमा पनि फसाएको भट्टराईले आफू निकटका नेताकार्यकर्तासगँ गुनासो गरेका छन् ।
अहिले भकाभक बाबुरामका गोरखाका कार्यकर्तालाई खरीद गरीरहेको आरोप पनि नयाँ शक्तिका कार्यकर्ताहरुले लगाउन थालेका छन् ।
गठबन्धन बन्नु अघि प्रचण्डले नै नयाँ आधारमा नयाँ पार्टी बनाउने र अहिले गठबन्धन बनाउने भनेर प्रस्ताव राखे पछि आफूले स्वीकारेको र त्यस बार्ताका क्रममा तीन वटै पार्टीले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति भएको भट्टराई निकट स्रोतले जनाएको छ ।
यो सहमति सार्वजनिक हुन नपाउदै आफूले अलि हतारमै सूर्य चिन्हमा चुनाव लड्ने भनेको पनि भट्टराईले बताएको कार्यकर्ताहरुको भनाई छ ।
सूर्य चिन्हमा चुनाव लड्ने कुराको विरोध शुरु भए पछि प्रचण्डले पार्टीलाई पछि अप्ठ्यारो पर्ने भने हसिया हथौडाबाटै लड्ने भयो पार्टी भनेर जानकारी दिए पछि फेरी आफूले पनि आखाँबाटै चुनाव लड्ने बताएको भट्टराई निकट स्रोतका दावी छ ।
त्यस पछि गोरखा २ निर्वाचन क्षेत्र पनि हुदैन भन्दै र अन्ततः प्रचण्ड र ओली दुवैले फोन उठाउन छाडे पछि बाध्य भएर गठबन्धन छाड्नु परेको उनले बताउने गरेको बुझिएको छ ।
त्यस पछि काग्रेसको समर्थनमा चुनाव जसरी पनि बाबुरामले जीत्ने देखिए पछि कार्यकर्ताहरु लाई फकाउने र किन्ने कुरामा माओवादी केन्द्र लागेको नयाँ शक्ति गोरखाका नेताहरुले दावी गरेका छन् ।
अझै पनि गोरखाली जनतामा बाबुरामप्रति विस्वास रहेको र जनताको मतले चुनाव भट्टराईले जीत्ने उनीहरुको दावी छ ।
तर भट्टराईले नयाँ शक्तिले चुनाव हारे पनि बिचारको भने जीत भएकाले नआत्तिन कार्यकर्ताहरुलाई अनुरोध गर्ने गरेको बताईएको छ ।