काठमाडौं कात्र्तिक ११ ।
बालक हत्याका दोशीलाई कार्वाहिको माग गर्दै झापाको विर्तामोडमा भएको बिरोध प्रदर्शनका क्रममा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव सामान्य भएको छ ।
पिडित पक्ष र स्थानिय प्रशासनबीच आज बिहान सात बुदे सहमती भएसँगै बिर्तामोडको स्थीति सामान्य बन्दै गएको छ ।
दुई पक्षबीच प्रदर्शनमा प्रहरीको गोलि लागेर मृत्यु भएको अर्जुनधारा नगरपालीका ११ का नरेश थापाको परिवारलाई १० लाख दिने , उनकी श्रीमतिलाई अर्जुनधारा नगरपालीकामा जागिर लगाईदिने र ६ महिने छोरालाई निशुल्क शिक्षा प्रदान गर्ने सहमती भएको छ ।
यस्तै ईलाका प्रहरी कार्यलय अनारमनी विर्तामोडका डिएसपि राजकुमार सिलवाललाई छानविन गरी प्रहरी नियमावली अनुसार कार्वाहि गर्ने , बालक मृत्युको घटनामा छानबिन गरेर दोशि बिरुद्ध कार्वाहि अघि बढाउने र क्षति भएको सार्वजनिक सम्पतिको तथ्याङक संकलन गरेर क्षतिपूर्ती दिने समे सहमतीमा उल्लेख छ ।
त्यस्तै घटनामा परि घाईते भएकाहरुको निशुल्क उपचार गर्ने सहमति भएको छ ।
यद्धपि हिंसा भड्कन सक्ने भन्दै स्थानिय प्रशासनले कफ्यु जारी राखेको छ ।
झापाको अर्जुनधारा नगरपालीका ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटिको हत्यारालाई कार्वाहिको माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले हिजो दिउँसो साढे १ बजेदेखि बिर्तामोडमा कफ्र्यु जारी गरेको थियो ।
कफ्युका समयमा समेत प्रदर्शन भएपछि प्रहरीले गोली चलाउदा अर्जुनधाराका थापाको मृत्यु हुनुका साथै दर्जन बढी घाईते भएका थिए ।
यसैबीच गृह मन्त्रालयको उच्च स्तरीय टोलीले आज स्थलगत अध्ययन र सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ ।
घटनाको छानबिन गनका लागि गृह मन्त्रालयका सहसचिव विरेन्द्रकुमार यादवको संयोजकत्वमा गठन भएको चार सदस्यीय टोलीले घटनाको बारेमा सरोकालवाला निकायसँग छलफल सुरु गरेको हो । टोलीले सात दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ ।
