नेकपाका नेता रत्नपार्कबाट गिरफ्तार , दमनले अर्को बिद्रोह जन्माउने शाहिको चेतावनी

नेकपाका नेता रत्नपार्कबाट गिरफ्तार , दमनले अर्को बिद्रोह जन्माउने शाहिको चेतावनी

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ , ११ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव पूर्ण श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आज दिउँसो २ बजे काठमाण्डौको रत्नपार्कमा भित्तेलेखन गरिरहेको श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चुनाव खारेजि अभियानमा रहेको नेकपाका नेता कार्यकर्ताहरुलाई शान्तिपुर्ण रुपमा राजनितिक गतिविधि गरिरहेको अवस्थामा समेत बिना कारण नियन्त्रणमा लिने गरेको छ ।

यसैबीच जनगणतान्त्रिक मञ्चले शान्तिपुर्ण राजनितिक गतिबिधीमा रहेको अवस्थामा आफ्ना सचिव श्रेष्ठलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

मञ्चका महासचिव हिरा शाहिले चुनाव बहिस्कार गर्न पाउने जनताको अधिकार रहेको भन्दै प्रहरीले हस्तक्षेप गर्नु लज्जाको बिषय भएको बताउनु भयो ।

राज्यले गर्ने यस्ता दमनले अर्को बिद्रोह जन्माउने भन्दै उहाले यस्तो प्रकारको राज्य आतँक तत्काल रोकि पक्राउ परेका श्रेष्ठलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ