अनेरास्ववियूले पोखरामा प्रधानमन्त्रीलाई देखायो कालोझण्डा, दुई जना पक्राउ

अनेरास्ववियूले पोखरामा प्रधानमन्त्रीलाई देखायो कालोझण्डा, दुई जना पक्राउ

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पोखरा ,कात्तिक ११ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार नेपाली कांग्रेस कास्कीले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न जाने क्रममा पोखराको पृथ्वीचोकमा अनेरास्ववियूका विद्यार्थीले शिक्षा ऐन पारित गरेको विरोधमा कालो झण्डा देखाएका छन् ।

कालो झण्डा देखाएको अभियोगमा प्रहरीले अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर गौतमसहित जिल्ला सचिवालय सदस्य विश्व दर्शन पराजुलीलाई पक्राउ गरेको छ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

अनेरास्ववियू कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले परिवर्तनको आन्दोलनका योद्धालाई प्रहरीले पक्राउ गरेको बताए। उनले आफ्ना नेताको विना शर्त रिहाई गर्न माग गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ