सिन्धुलीढीको २५० औ विजयउत्सव भव्यरुपमा मनाउने तयारी 

सिन्धुलीढीको २५० औ विजयउत्सव भव्यरुपमा मनाउने तयारी 

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

रुद्र बहादुर खड्का

११ कात्तिक÷ऐतिहासिक स्थल सिन्धुलीगढीको २५० औ विजयोत्सव भव्य रुपमा मनाउने तयारी भैरहेको छ । विगत ७ वर्ष अघि पत्रकार महासंघ सिन्धुलीको अगुवाइमा मनाउन सुरु गरेको विजयोत्सव यस वर्ष कमलामाई नगरपालिकाको नेतृतवमा मनाउन लागिएको हो ।
विर गोर्खालीले अंग्रेजहरुलाई पराजय गरेको यहि कात्तिक २४ गते २५० वर्ष पुग्दै छ । सोही सम्झनामा प्रत्येक बर्ष मनाउदै आएको विजयोत्सव यस वर्ष भने भव्य रुपमा मनाउने तयारी भइरहेकोे कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । एक हप्ता अघिदेअि नै विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाउने मनाउने उहाँको भनाई छ । ऐतिहासिक स्थल सिन्धुलीगढीको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रमको पनि आयोजना गर्ने उहाँले बताउनुभयो ।
विजय उत्सवको अवसरमा कामलामाई नगरपालिकाको तत्ववधानमा नेपाली सेनाद्धारा सिन्धुलीगढी सम्बन्धि तयार पारिएका वृत्तचित्र प्रदर्शन भएको छ । वृत्त चित्र कात्तिक २३ गते सम्म विहान १० बजेदखि दिउसो ४ बजेसम्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ