बागलुङमा एकसाथ दुई बीमा कम्पनी

बागलुङमा एकसाथ दुई बीमा कम्पनी

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बागलुङ, १० कात्तिक ।
वित्तीय र सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले बागलुङमा आफ्ना दुई बीमा कम्पनीका शाखा विस्तार गरेको छ ।

आइएमई समूहद्वारा सञ्चालित आइएमई जीवन बीमा र आइएमई निर्जीवन बीमा कम्पनी बागलुङ शाखाले बिहीबारदेखि सेवा शुभारम्भ गरेका छन् ।

दुवै शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गर्नुभयो । जीवन बीमाको दोस्रो र निर्जीवन बीमा कम्पनीको २२औंँ शाखा बागलुङमा स्थापना भएको हो । समितिका अध्यक्ष चापागाईंले बीमा कम्पनीले पुँजी निर्माणमा सघाउ पु¥याउने बताउनुभयो ।

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले न्यूनतम रु २५ हजारदेखि अधिकतम मूल्यसम्म बीमा गर्न सकिने व्यवस्था रहेको बताउनुभयो । आइएमई निर्जीवन बीमा कम्पनीले घर, गाडी, व्यवसाय, उद्योगधन्दा लगायतका क्षेत्रमा बीमा सुविधा प्रवाह गर्ने जनाएको छ । दुवै कम्पनीले अलग–अलग स्थानमा शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ