बिर्तामोडमा प्रहरीको गोलि लागेर १ जनाको मृत्यु , ७ जनाको अवस्था गम्भिर , ससस्त्रका एसपि सहित दर्जनौ सुरक्षाकर्मी समेत घाईते

बिर्तामोडमा प्रहरीको गोलि लागेर १ जनाको मृत्यु , ७ जनाको अवस्था गम्भिर , ससस्त्रका एसपि सहित दर्जनौ सुरक्षाकर्मी समेत घाईते

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

झापा ,१० कार्तिक ।

झापाको बिर्तामोडमा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु भएको छ । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोलि चलाउदा एक जनाको मृत्यु भएको छ भने प्रदर्शनकारी तथा सुरक्षाकर्मी सहित दर्जनौ घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालीका ११ का ३० बर्षिय नरेश थापा रहेको ईलाका प्रहरी कार्यलय बिर्तामोडका डिएसपि राजकुमार सिलवालले जानकारी दिनुभयो ।प्रहरीको गालीलागेर गम्भिर घाईते भएका थापालाई मेची अस्पताल भद्रपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । मिर्मिरेसँगको कुराकानीमा डिएसपि सिलवालले भन्नुभयो , झडपमा परि घाईते भएर सडकमा ढलेको देखेपछि हामिले तत्काल उनलाई हस्पिटल लगेको हौ तर बाटैमा ज्यान गयो  ।

अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले बिहान गरेको प्रदर्शनमा प्रहरीले अश्ुग्यास र गोलि प्रहार गरेपछि स्थीति हिंसात्मक बनेको थियो ।

घाईतेमध्ये ७ जनाको अवस्था गम्भिर छ । उनीहरुमध्ये चार जनाको बिर्तामोडको बिएनसि अस्पतालमा र अन्य तीन जनाको मेची अस्पतालमा उपचार भईरहेको झापाबाट पत्रकार दयाराम दाहालले जानकारी दिए ।

घाईतेहरुमा राजगढ ६ सुनिल पाठक , मेची नगरपालीका ९ का अशोक बस्नेत , दुर्गापुरका नवराज कोईराला , अर्जुनधारा ६ का पूण्य प्रसाद लुईटेल , मणि नेपाली , देवानन्द राजवशीँ लगायत रहेका छन् ।

सुरक्षाकर्मी तर्फ पनि दर्जनौ घाईते भएको डिएसपि सिलवालले जानकारी दिनुभयो । ससस्त्र प्रहरीका एसपि रमेश कुमार सुबेदी सहित करिब ५० जना घाईते भएको उहाँले बताउनु भयो ।

यसैबीच स्थती तनाबपूर्ण बनेपछि स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा कर्फ्यू लगाएको छ । बिर्तामोड नगरपालिकाको पूर्वमा वसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

गत असोज १४ गते विजया दशमीका दिन वेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको शव भोलीपल्ट बिर्तामोड–१ वैसावाडीस्थित झाडीमा भेटिएको थियो ।
विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको हो ।

हत्या भएको झण्डै १ महिना बितिसक्दा पनि उनीहरु माथि कारबाही नभएको भन्दै आज बिर्तामोड बन्द गरी मृतकका आफन्त प्रर्दशनमा उत्रिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ