झापाको बिर्तामोडमा अनिश्चितकालिन कर्फ्यू , प्रहरी र प्रदर्शनकारीबीचको झडप र पछिको स्थीति (२० तस्विर )

झापाको बिर्तामोडमा अनिश्चितकालिन कर्फ्यू , प्रहरी र प्रदर्शनकारीबीचको झडप र पछिको स्थीति (२० तस्विर )

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

झापा , १० कार्तिक ।
झापा प्रशासनले बिर्तामोड क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शन अनियन्त्रित भएपछि स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले बिहान गरेको प्रदर्शन हिंसात्मक बनेपछि बिर्तामोड क्षेत्रमा कर्फ्यू लगाएको

बिर्तामोड नगरपालिकाको पूर्वमा वसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।  मृतकका आफन्तले विहान गरेको प्रर्दशनमा प्रहरीले दमन गर्दा ६ जना घाईते भएका छन् । बिर्तामोड बन्दको आब्हान गरी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

स्थानीय शनिश्चरे रोडबाट सुरु भएको प्रर्दशन, प्रहरी अवरोध छिचोल्दै मुक्ती चोक पुगेलगत्तै प्रहरीले लाठी चार्ज र हवाईफायर गरेको हो । स्थानीयवासीले प्रहरीले रवरको गोली हानेको बताएपनि प्रहरीले भने हवाई फायर मात्र गरेको दावी गरेको छ ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा रहेको बताएपनि तनाव नियन्त्रणका लागि कर्फ्यू लगाएको स्थानीय प्रशासनको भनाई छ ।  गत असोज १४ गते विजया दशमीका दिन वेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको शव भोलीपल्ट बिर्तामोड–१ वैसावाडीस्थित झाडीमा भेटिएको थियो ।

विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको हो । हत्या भएको झण्डै १ महिना बितिसक्दा पनि उनीहरु माथि कारबाही नभएको भन्दै आज बिर्तामोड बन्द गरी मृतकका आफन्त प्रर्दशनमा उत्रिएका थिए ।     

तस्वििर : सिपि कडरियाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ