काठमाण्डौं । द्धन्द कालमा हत्या लगायत विभिन्न मुद्धा लागेकालाई पनि उम्मेद्धार बनाईएको भन्दै अधिकारकर्मीहरुले बाबुराम भट्टराई, अग्नी सापकोटा लगायत केही उम्मेद्धार विरुद्ध दवाव दिने तयारी गरेका छन् ।
अधिकारकर्मीहरुको एक समुहले आज पत्रकार सम्मेलन गरेर द्धन्दकालका दोषीमाथि कार्बाहीको माग गर्ने तयारी गरेको बुझिएको छ ।
फ्रिडम फोरमले आज सवाद डवलीमा दिउसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा धारणा सार्वजनिक गर्ने बताईएको छ ।
गोरखामा मारिएका मारिएका कृष्ण अधिकारीको विषयमा बाबुराम भट्टराई जोडिएको, काभ्रेको अर्जुन लामाको हत्या प्रकरणमा माओवादी नेता अग्नी सापकोटा विरुद्ध मुद्धा रहेको छ ।
यसै गरी ओखलढुंगाका बालकृष्ण ढुंगेललाई पनि पक्राउ गरी कार्बाही गर्नु पर्ने माग गर्ने तयारी भएको बताईएको छ ।
अहिले सापकोटा सिन्धुपालचोकबाट उम्मेद्धार भएका छन् भने भट्टराई गोरखाबाट चुनाव लड्दैछन् ।