टिकट माग्दै काग्रेस नेता गोविन्दराज जोशी सडकमा , दिए यस्तो चेतावनी

टिकट माग्दै काग्रेस नेता गोविन्दराज जोशी सडकमा , दिए यस्तो चेतावनी

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

तनहुँ, कात्तिक ९ ।
नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी पक्षधरले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभातर्फ तनहुँको क्षेत्र नम्बर–१ मा जोशीलाई टिकट दिनुपर्ने माग गर्दै आज जोशी पक्षधरले प्रदर्शन गरेका हुन् । जोशी पक्षधरले दमौलीमा बृहतर्् याली निकालेका थिए ।

नेता जोशीले पार्टीले टिकट नदिएपनि आफू कुनै हालतमा पछि नहट्ने बताउनुभयो । उहाँले पार्टीले बेलैमा इमान्दारिता नदेखाए त्यसको जिम्मेवारी शीर्ष नेताले लिनुपर्ने चेतावनी पनि दिनुभयो ।

तनहुँको क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ ।
अहिले जोशीले पनि सोहि क्षेत्रबाट निर्वाचन लड्ने जनाएपछि काग्रेसभित्रका दुई नेता बीचको बिबाद छताछुल्ल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ