काठमाडौं कात्र्तिक ८। नेपाल कप्युनिष्ट पार्टीले १०० औ अक्टोबर क्रान्ति दिवस भब्य रुपले मनाएको छ । राजधानीको खुल्लमञ्चमा हजारौ कार्यकर्ता र समर्थक हरु सहभागी भएको कार्यक्रमलाई पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका शिस्षर्थ नेताहरुले संबोधन गर्नु भएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै पाटी महासचिव विप्लवले नेपाल सर्वाधिक संकटमा परेको बताउनु भएको छ । उहाँले एकातिर राष्टियता कमजोर बन्दै गएको भन्दै आन्तरिक रुपमा चरम दलालीका करौडौ पैसा बुझाउने दलालहरु देशको नेताबन्ने स्थिति आएको बताउनु भयो ।
उहाँले भन्नु भयो सुरक्षाकर्मीको स्थिति दयनिय छ किसान मजदुर र राष्टिय पूजीपति वर्गको अवस्था पनि चिन्ता जनक छ । देशको रक्षाको निम्ती मजुर किसान युवा र नेपाली सेना मिलेर दलालहरुको अन्त्य गर्न सकीने भन्दै महासचिव विप्लवले पार्टीले युद्ध नचाहेको तर राज्यले दमन गरे प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।
नेपालको स्वाधिनता र जनताको अधिकारका लागि बन्दुक उठाउन परे पनि आफूहरु तयार रहेको उहाँले चेतावनी दिनुभयो । विप्लवले देश बचाउन रजनतालाई मुक्त पार्न किसान र मजदुर लाई पुन एक पटक सडकमा आउन आग्रह गर्नु भयो ।
दलाद संसदीय पूजीवादी व्यवस्थाले विकास दिन नसक्ने भन्दै उहाँले सबै एक जुट भएर समाजवाद ल्याउन लाग्नु पर्ने बताउनु भयो । आफू ढिडो खाएर जनता सँग बस्न तयार भएको तर डलर भारुमा बाँच्ने दलाल नबन्ने विप्लवले स्पष्ट पार्नु भयो । नेपाललमा अहिले राज्य विहीन जस्तो भएको भन्दै विप्लवले सर्वाेच्चले अर्वाै भ्रष्टाचार गर्ने हरुलाई चोख्याएको बताउनु भयो ।
राजनीत् िदलाली करण गर्दै माकेका कार्यकता र नेताहरु रातारात करोडपति भएको भन्दै त्यो पैसा कहाँबाट आयो भन्ने प्रश्न गर्नु भयो । एमाले मुटु नभएको पार्टी भएको र कंग्रेसलाई म्युजिएममा राख्ने अवस्थामा पुगेको उहाँको भनाई थियो ।
माओवादी केन्द्र सडकमा हिड्ने नकटो जस्तो भएको उहाँले टिप्पणी गर्नु भयो । उहाँले बाम गठबन्धन भ्रम भन्दै त्यो दाम र नामका लागि भएको गठजोड भएको बताउनु भयो । प्रचण्ड र ओलीको गठबन्धनबाट जडपूजीवाद जन्मने भन्दै उनीहरुले ल्याउने व्यवस्था थप पुजीवादी हुने बताउनु भयो ।
महासचिब बिप्लबले देशका भ्रष्टरारीहरुको सम्पती सार्वजनिक गर्न दवाव दिने बताउनु भएको छ । उहाले भ्रष्टचारीहरुलाई कालोमोसो मात्र नदलेर अब सडकमै ल्याएर कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ । यस कार्यमा मिडिया तथा समाजका अन्य वर्गले पनि साथ दिनुपर्ने उहाको भनाई छ ।
पार्टीले संचालन गर्दै आएका कालोमोसो दल्लने कार्यक्रमले अब नपुग्ने भन्दै उहाले भ्रष्टचारीहरुलाई व्यापकरुपमा कारवाही अभियान चलाउने पनि बताउनु भएको छ ।
भ्रष्टारीहरुलाई राज्यको संरक्षाण भएको बुझ्दा बुझदै पनि पत्रकारहरुले पार्टीको भ्रष्चार विरोधी अभियानलाई कानुन हातमा लिएको भनेर लेख्नु दुखद भएको बताउनु भयो । आफ्नो पार्टीले पत्रकार मिडियाको साथ लिएर नै भ्रचारीहरुलई नंगाउने उहाले उहाको भनाई थियो ।
महासचिब बिप्लबले संसदवादी दलहरुले सिहदरवारको अधिकार गाउमा सम्म पुराउने नारा दिएर दलाल र भ्रष्टचारीहरुलाई स्थातिय तहसम्म स्थापित गरेको आरोप लगाउनु भएको छ । उहाले राज्यले गाउका नाममा ठूलो रकम निकासी गराएर आफ्ना स्थानि कार्यकर्तालाई पोस्ने काम गरेको दावी गनुृभयो ।
यस्तै, संसदवादी दलहरुले प्रदेश र केन्द्रको नामा जनतालई लुट्ने अर्को तह संस्थागत गर्न लागेको आरोप ललाउदै विप्लबले आफ्नो पार्टीले आगामि निर्वाचन पनि खारेज गर्ने बताउनु भएको छ ।
संसदवादी चुनाव लोकतन्त्रीक अभ्यास जस्तो देखिएता पनि यसले जनताको हित नगर्ने भन्दै उहाले जनतालाई चुनाव खारजीमा लाग्न आह्वान पनि गर्नुभएको थियो ।
उहाले राष्ट्रको हित विपरित देशका नदिनाला बेचे प्रतिकार गर्ने बताउनु भएको छ । उपल्लो कर्णालीको बिजुली निकालेर लखनउ पुराउने र कोशी बाँध बनाएर नेपाल डुबाने राष्ट्रघाती सम्झौता संसदवादी दलहरुले गरेकाले जनताले त्यसको प्रतिरोध गर्ने बताउनु भएको छ ।
कार्यक्रलाई संबोधन गर्दै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले देउवाले आफ्नो पार्टीलाई दमनबाट सिध्याउन दुश्साहस गरे उनीहरुलाई जनताले टुंडीखेलमा ल्याएर कारबाही गर्ने चेतावनी दिनु भयो । उहाँले देउवा सरकारले नेकपालाई मूख्य समस्या भएको बताएको प्रति आलोचना गर्दै जनताले विद्रोह गरेको दिन सबै दलाल सहित देउवाको पनि अवसान हुने चेतावनी दिनुभयो ।
यस्तै अर्का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले कार्यक्रममा बोल्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउँनु पर्ने बताउनु भएको थियो ।
उहाँले प्रचण्ड कम्युनिष्ट आन्दोलनमा पैदा भएको उपिया भएको भन्दै उनलाई फाँसिमा झुन्डाउने दिन आउने चेतावनी दिनुभयो । यस्ौगरी पार्टी स्थायी समिति सदस्य तथा अन्तर्रा्ष्ट्रिय ब्युरो धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अमेरिका सहित संसार मा पूजीवादीका कारण संकट पैदा भइरहेको भन्दै विद्रोह द्धारा पूजीवादको अन्त्य गरी समाजवाद स्थापनाको विकल्प नभएका बताउनु भयो ।
यस्तै कार्यक्रमलाई संबोधन गर्दै स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ले दलाल संसदीय व्यवस्था अर्बपति÷खर्बपतिको व्यवस्था रहेकाले यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोलीटव्यूरो सदस्यष् उमा भुजेल सहिद परिवार समाजका अध्यक्ष खुमा सुवेदीले पनि संबोधन गर्नु भएको थियो ।
कार्यक्रम अघि उपत्यकाको कालीमाटी लैनचोर कुपन्डोल त्रिपुरेश्र बवरमहल बागबजार भृकुटीमण्डम सहित विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।