जनशक्तिको अभावले पुनःनिर्माणले गति लिन सकेन ः भुसाल

जनशक्तिको अभावले पुनःनिर्माणले गति लिन सकेन ः भुसाल

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ८ कात्तिक।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पालमुनिका सबै भूकम्प पीडितलाई आगामी जेठ मसान्तभित्र घरमा बसाउने दाबी गर्नु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आगामी मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्प पीडितलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने बताउनु भएको हो ।

भुसालले प्राविधिक जनशक्तिको अभावमा पुनःनिर्माणले जनताको सोचअनुसार गति लिन नसकेको बताउनु भयो ।
पुनःनिर्माणका लागि गाउँपालिका र नगरपालिकाले माग गरे अनुरुप प्राधिकरणले प्राविधिक टोली खटाउने जानकारी दिनुभयो ।

एक हजार १०० प्राविधिक मध्ये ९०० भन्दा बढीले काठमाडौँमै बस्न पाउँ भनी निवेदन दिएका कारण ग्रामीण भेगको पुनःनिर्माणमा समस्या उत्पन्न भएको उहाँको भनाई छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र सचिव अन्यत्र गए पनि काम हुनसक्ने गरी संस्थागत प्रणाली विकास गर्नेतर्फ कदम अघि बढाउने प्रतिबद्धता भुसालले जनाउनुभयो । पुनर्निर्माणका लागि थप सहयोग आवश्यक परे पनि दाताको अर्काे सम्मेलन गर्न आफू तयार उहाँको भनाई थियो ।

आर्थिक स्रोतको अभावमा पुनःनिर्माणमा ढिलाई नभएको भन्दै उहाँले विधी अनुसार स्रोत परिचालन गरेका कारण पूनर्निर्माणमा सुस्तता आएको बताउनु भयो । यसअघि प्राधिकरणले सार्वजनिक गरेको ३५ वटा नमुनाका घर मात्र बनाउनुपर्ने व्यवस्था व्यावहारिक हुन नसक्ने भएकाले स्थानीय तहबाट नक्सापास गराएर घर बनाउन सकिने भुसालले बताउनुभयो ।

सामूहिक जमानीको ऋण प्रवाहका लागि सहज व्यवस्था मिलाउनेतर्फ प्राधिकरणले ठोस् काम गर्ने तयारी गरेको छ । नाता सम्बन्धसँग जोडेर जिम्मेवारी पाएको भनी गरिएको प्रचार गलत भएको उहाँको भनाइ थियो ।

प्राधिकरणमा आफूले बाँकी अवधि काम गर्ने बताउदै उहाँले प्रधानमन्त्रीलाई आफ्ना कारण काम गर्न अप्ठ्यारो भए सहज रुपमा छोडिदिने बताउनुभयो । यसअघिका दुवै प्रमुख कार्यकारी अधिकृत सफल भएको अनुभव आफूले प्राधिकरणमा गएपछि गरेको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ