झापामा डेंगुका कारण एक जनाको मृत्यु, ३ सय ४१ संक्रमित

झापामा डेंगुका कारण एक जनाको मृत्यु, ३ सय ४१ संक्रमित

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

झापा, कात्तिक ८ ।
डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिकाकी ३५ वर्षीया सुनिता बराल रहेकी छिन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले समयमा उपचारको पहुँचमा पुग्न नसक्दा ती महिलाको मृत्यु भएको बताउनु भयो ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर बेदप्रसाद घिमिरेले तिहारअघि ८१ जना संक्रमित भेटिएकोमा अहिले संक्रमित हुनेको सङ्ख्या ३ सय ४१ जना पुगेको जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालयको टोलीले दुई दिन लगाएर झापाका सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेंगु संक्रमित बिरामीको तथ्यांक संकलन गरेको थियो । डेंगु संक्रमितमध्ये करिव तीन सय विर्तामोड नगरपालिका भित्रकै छन् ।

झापामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयले सर्वसाधारणमा अपिल गरिरहेका बेला एक सातायता डेंगु संक्रमित विरामीको संख्या अस्वाभाविक रुपमा बढेको हो ।

डेंगुको प्रकोप फैलिएपछि विर्तामोड नगरपालिकाले सबै वडामा अविलम्व नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ